५० हजार वर्ष पुरानो म्यामथको बच्चाको अवशेष सार्वजनिक
साइबेरियाका अनुसन्धानकर्ताहरूले त्यहाँ फेला परेको म्यामथको बच्चाको सग्लो अवशेषमा विभिन्न परीक्षणहरू गरिरहेका छन्।
लोप भइसकेको जनावरको त्यस्तो अवशेष ५०,००० वर्षभन्दा बढी समयपछि त्यहाँको पग्लँदो 'पर्माफ्रोस्ट'मा फेला परेको थियो।
ज्यान गुमाउँदा एक वर्ष उमेरको भएको ठानिएको उक्त पोथी बच्चा म्यामथको अवशेष स्थानीयवासिन्दाले बाटागाइका क्रेटरमा फेला पारेका थिए।
उक्त विशाल खाडललाई संसारको सबैभन्दा ठूलो 'पर्माफ्रोस्ट' खाडल मानिन्छ। शून्य डिग्री सेल्सिअसभन्दा कम तापक्रममा कम्तीमा पनि दुईवर्ष सम्म लगातार जमेको बरफको अवस्थामा रहेको स्थानलाई 'पर्माफ्रोस्ट' भनिन्छ।
विज्ञहरूले उक्त अवशेषलाई संसारकै सबैभन्दा सग्लो अवस्थामा सुरक्षित फेला पारिएको म्यामथको अवशेष भनेका छन्।
वूली म्यामथ प्रजातिका जनावरलाई हालका हात्तीहरूको सबैभन्दा नजिकका पुर्खा भनिन्छ। यो प्रजाति झन्डै ४०,००० वर्ष जति अघि लोप हुनुभन्दा पहिला पृथ्वीका सबैभन्दा चिसो स्थानहरूमा विचरण गर्ने गर्दथ्यो।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



