मेक्सिकोका सबैभन्दा खतरनाक सडकमा ट्रक चलाउने यी महिला
संसारभरिका ट्रक चालकहरूमध्ये तीन प्रतिशतभन्दा कम मात्र महिला छन्। यद्यपि रोजगारादाताहरू सामान्यतया पुरुषभन्दा महिला चालकहरू बढी सुरक्षित हुने कुरा स्वीकार गर्दछन्।
मेक्सिकोमा लैङ्गिक हिंसा र हतियारधारीहरूबाट हुने लुटपाट सामान्य मानिन्छ। अर्थात् त्यहाँ महिलाहरूलाई सवारी चालकको पेसामा आकर्षित गर्नु चुनौतीपूर्ण छ।
तर त्यस्ता खतरनाक सडकहरूमा ट्रक चलाउने केही महिलासँग बीबीसी १०० विमिनले यात्रा गरेको छ। अल्भारो अल्भारेजले निर्माण, छायाङ्कन तथा सम्पादन गरेको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



