पासो थापेर सिकार गर्ने माकुरामा फेला परेको नयाँ प्रजातिको 'जोम्बी फङ्गस' किन महत्त्वपूर्ण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पासो थापेर सिकार गर्ने माकुरामा फेला परेको नयाँ प्रजातिको 'जोम्बी फङ्गस' किन महत्त्वपूर्ण

वैज्ञानिकहरूले ब्रजिलको एट्लान्टिक वनमा नयाँ प्रजातिको "जोम्बी फङ्गस" फेला पारेका छन्।

उक्त परजीवी ढुसीको नाम त्यसको बैजनी रङ्ग र त्यो फेला परेको स्थानका आधारमा 'पर्परिओसिलिअम एट्लान्टिकम' राखिएको छ।

यो ढुसीले भुइँमुनि बस्ने र अरू कीराफट्याङ्ग्राको सिकार गर्न पासो थाप्ने माकुरालाई सङ्क्रमण गर्छ।

यो ढुसी मरेको माकुरामा उम्रिन्छ। यसले जमिनमाथि बीजाणुहरू उत्सर्जन गर्छ। ती सूक्ष्म कणले अरू माकुरालाई सङ्क्रमण गर्छन्।

यो ढुसीलाई लन्डनस्थित क्यू गार्डन्सले सन् २०२५ मा पत्ता लागेका नयाँ प्रजातिहरूमध्ये 'शीर्ष १०' को सूचीमा राखेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।