टाउको र छातीमा गोली - गाजामा बालबालिका मारिएका घटनाको अनुसन्धान
बीबीसी वर्ल्ड सर्भिसले गाजामा बालबालिकमाथि गोली प्रहार गरिएका १६० वटाभन्दा बढी घटनाबारे विवरण सङ्कलन गरेको छ। त्यसमध्ये ९५ वटा घटनामा बालबालिकालाई टाउको वा छातीमा गोली लागेको देखिएको छ। अधिकांश घटनामा गोली लाग्ने बालबालिका १२ वर्षमुनिका थिए।
हामीले फेला पारेका घटनाहरू युद्ध सुरु भएको पहिला सातादेखि यो वर्ष जुलाईसम्मका हुन्।
इजरेलले विदेशी पत्रकारलाई गाजामा प्रवेश गर्न अनुमति दिएको छैन। त्यहाँ भएको विनाश र मानिसहरूको विस्थापनका कारण सामग्री सङ्कलन गर्न पनि कठिन भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



