'मेरो छोरो जिउँदै रहेछ': हमासले थाई बन्धकलाई मुक्त गरेपछि आमाका आँखामा खुसीका आँसु
हमासले बिहीवार तीन इजरेली र पाँच थाई बन्धकलाई मुक्त गर्यो। मुक्त हुनेमध्ये आफ्ना प्रियजन पनि रहेको थाहा पाएपछि थाईल्यान्डमा खुसी छाएको छ।
विलास टनाले आफ्ना छोरा पोङ्साक मुक्त भएको थाहा पाउँदा बीबीसी थाईको टोली उनीसँगै थियो। सन् २०२३ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका कैयौँ थाई नागरिकहरूमध्ये पोङ्साक पनि थिए।
बिहीवार ३० ज्यानुअरीका दिन हमासले मुक्त गरेका पाँच थाई बन्धकमध्ये उनी पनि एक हुन्।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए।
पछिल्लो युद्धविराम सम्झौताअन्तर्गत इजरेलले ११० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।
हमासले यसअघि नोभेम्बर २०२३ मा भएको अघिल्लो युद्धविरामको क्रममा १९ थाई नागरिकसहित २० विदेशी बन्धकलाई मुक्त गरेको थियो।
अहिले भएको युद्धविरामका क्रममा ज्यानुअरी १९ यता बिहीवारसम्म १५ बन्धक मुक्त भएका छन्। नेपालका विपिन जोशी सहित ८२ जना अझै हमासको नियन्त्रणमा रहेको ठानिएको छ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



