'चुनाव सकियो, अब हामी जेन जी आन्दोलनबारेको आयोगको प्रतिवेदन बुझ्छौँ'- प्रधानमन्त्री सुशीला कार्की
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू "छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर" रहेको बताएकी छन्।
मतदानका लागि तोकिएको समय सकिएलगत्तै बीबीसीसँग विशेष कुराकानी गर्दै कार्कीले अब आउने सरकारसँग "जेन जीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र" को आशा रहने औँल्याइन्।
साथै प्रधानमन्त्रीले जेन जी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन आफ्नै सरकारले बुझ्ने पनि बताइन्।
पूरा अन्तर्वार्ता सुन्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।