गृहमन्त्रीलाई प्रश्न, 'यो देश कसले चलाइरहेको छ - धनीमानी, तस्कर या दलालले?'

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो देश कसले चलाइरहेको छ? धनिकार, तस्कर या दलालले?
गृहमन्त्रीलाई प्रश्न, 'यो देश कसले चलाइरहेको छ - धनीमानी, तस्कर या दलालले?'

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुचर्चित‌ ललिता निवास जग्गा हिनामिना काण्डमा जिल्ला सरकारी वकिलको कार्यालयले किर्तेमा मुद्दा चलाए पनि उक्त मुद्दा सङ्गठित अपराध नै भएको जिकिर गरेका छन्।

बीबीसीसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले भने,‘कानुनले के भन्छ त्यो सरकारी वकिलको कार्यालयले व्याख्या गर्ला तर यथार्थमा त्यो सङ्गठित अपराध नै हो।’

सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धान अगाडि बढाएकोमा सकारात्मक प्रतिक्रिया पाएपनि शान्ति सुरक्षा कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा श्रेष्ठ चुकेको कतिपयको विश्लेषण छ।

बीबीसी न्यूज नेपालीकी रमा पराजुलीका सवाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ जबाफ यो भिडिओ अन्तर्वार्तामा।