'धेरै हात मिलाएकाले हातमा डाम': डोनल्ड ट्रम्पको स्वास्थ्यबारे ह्वाइट हाउसले अरू के भन्यो
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पमा रक्तनलीको दीर्घ समस्या देखा परेको तर त्यो हानिकारक नभएको स्पष्टीकरण ह्वाइट हाउसले दिएको छ।
उनको एउटा हातमा घाउ र डाम देखिने तस्बिरहरू सार्वजनिक भएपछि सञ्चारमाध्यममा ट्रम्पको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान गरिएको थियो।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बारम्बार हात मिलाएका कारण "तन्तुहरूमा क्षति पुगेको हुनाले" तथा एस्पिरिन सेवन गरेका कारणले ट्रम्पमा त्यस्तो समस्या देखिएको बताएकी छन्।
ट्रम्प अहिले ७९ वर्षका भए। उनले आफ्नो स्वास्थ्य निकै राम्रो भएको दाबी गर्दै आएका छन्।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



