जाँचको मिति बिर्सिएपछि प्याराग्लाइडिङ गर्दै परीक्षाकेन्द्र
भारतको महाराष्ट्रका समर्थ महाङ्गडेले हालै उनको परीक्षाको मिति झुक्किए। अनि परीक्षा परेको दिन उनी कुनै टाढा पहाडी छुट्टी मनाउने ठाउँमा थिए।
तर जाँच सुरु हुनुभन्दा केही मिनेटअघि मात्र उनले त्यही दिन जाँच छ भन्ने कुरा थाहा लगाए तर उनलाई स्थलमार्गबाट परीक्षाकेन्द्रसम्म पुग्न घण्टौँ लाग्थ्यो।
पर्यटकीय क्षेत्र मानिने पञ्चगणी पर्वतमा सप्ताहान्तका बेला धेरै ट्राफिक जाम हुने गरेको बताइन्छ।
त्यति नै बेला उनलाई एक प्याराग्लाइडिङ कम्पनीले परीक्षाकेन्द्रमा समयमै पुग्नका लागि प्याराग्लाइडिङ प्रयोग गर्न प्रस्ताव गरे।
महाङ्गडे निश्चिन्त त थिएनन् तर पनि उनले जोखिम मोले।
अन्त्यमा उनी समयमै परीक्षा पूरा गर्न सफल भए।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



