बाँदरलाई घृणा गर्नेहरू

बाँदरलाई घृणा गर्नेहरू

बीबीसीले गरेको एक वर्ष लामो अनुसन्धानले बाँदरलाई यातना दिएर र त्यस्तो यातना दिएको दृश्य हेरेर मनोरञ्जन लिनेहरुको सञ्जाल इन्डोनेशियादेखि अमेरिकासम्मै फैलिएको फेला पारेको छ।

त्यस्ता यातनाकारीहरूको समुदायको आरम्भ यूट्यूबबाट भएर त्यो हाल 'इन्क्रिप्टेड मेसेजिङ एप' टेलिग्राममा रहेको, र जो कसैले सहजै हेर्न नमिल्ने, बन्द समूहको स्वरूपमा पुगेको छ।

बीबीसीले अमेरिका, यूके र अन्य मुलुकमा त्यस्ता सयौँ ग्राहकहरू फेला पारेको छ जस्ले लामो पुच्छर भएको मकाक प्रजातिको बाँदरको बच्चालाई यातना दिएको र मारेको दृश्य हेर्न इन्डोनेशियालीहरूलाई पैसा तिर्ने गर्छन्।

पहिचान लुकाएर गोप्यरूपमा गरिएको त्यस्तो अनुसन्धानका क्रममा बीबीसीको विशेष अनुसन्धानमूलक कार्यक्रम निर्माण गर्ने एकाई 'बीबीसी आई' ले इन्डोनेशियास्थित बाँदरलाई यातना दिनेहरू र अमेरिकामा रहेका त्यस्ता दृश्यहरूको वितरण र खरिद गर्नेहरूलाई फेला पारेको छ। यस्का साथै त्यस्ता व्यक्तिहरूलाई कानुनको घेरामा ल्याउने एक अन्तर्राष्ट्रिय कानुन पालना गराउने प्रयासमा आफ्नो पहुँच बनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

साङ्केतिक तस्बिर