६८ वर्षका बडिबिल्डर भन्छन्, 'अहिलेसम्म औषधि खानु परेको छैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, ६८ वर्षीय बडिबिल्डर भन्छन्, ‘अहिलेसम्म औषधि खानु परेको छैन’
६८ वर्षका बडिबिल्डर भन्छन्, 'अहिलेसम्म औषधि खानु परेको छैन'

सत्तरी वर्ष पुग्न दुई वर्ष मात्र बाँकी हुँदा पनि काठमाण्डूका कृष्णसिंह शाही अहिलेसम्म आफूले औषधि सेवन गर्नुनपरेको बताउँछन्।

आफ्ना दौँतरीहरू 'सुगर-प्रेसर' र हाडजोर्नी दुखाइ जस्ता समस्याले थलिँदा आफूले भने दैनिक व्यायाम गर्नाले अहिलेसम्म औषधि सेवन गर्न नपरेको शाहीको भनाइ छ।

उनी दैनिक तीन घण्टाजसो व्यायाम गर्न छुटाउँदैनन् र शारीरिक व्यायाम गरेर मात्र शरीरमा स्फूर्ति आउने बताउँछन्।

साधारण दालभात तरकारीको भरमा शारीरिक सुगठनमा सक्रिय उनी शरीर बिग्रने डरले पूरक पोषक तत्त्व (सप्लिमन्ट) पनि नलिने गरेको बताउँछन्।

हालै काठमाण्डूमा आयोजना भएको शारीरिक सुगठनसम्बन्धी एक प्रतिस्पर्धामा उनी आफ्नो समूहमा तेस्रो बने।

विगतमा पटक पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोटमा परे पनि आर्थिक अभावका कारण सहभागी हुन चुकेको उनको गुनासो छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ स्टोरी।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।