‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’
‘पाकिस्तानमा गाएर पाएको पारिश्रमिक भन्दा अनुभव धेरै ठूलो’
त्रिशाला गुरुङले पाकिस्तानमा भएको एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल भएकी छन्।
तर आफूले पाएको पारिश्रमिकभन्दा अनुभव धेरै ठुलो भएको उनले बताइन्।
‘अन्य कार्यक्रममा गीत गाएर पाउने पारिश्रमिक जति नै पारिश्रमिक पाएँ पाकिस्तानमा तर अन्तर्राष्ट्रिय स्तरको खेलमा मैले प्रस्तुति दिन पाउनु मेरो लागि जीवनकै एक महत्वपूर्ण क्षण थियो’ उनले बीबीसी न्यूज नेपालीलाई बताइन्।
त्रिशाला पेसाले डाक्टर हुन्।
उनको पेसाले गर्दा उनलाई धेरैले मन पराएको बताइन्छ।
एशिया कप क्रिकेटको उद्घाटन कार्यक्रममा दुई वटा नेपाली गीत गाएपछि सामाजिक सञ्जालमा झन् धेरै फलोअर बढिरहेको उनले बताइन्।
नेपाल फर्केपछि उनले पाकिस्तानमा गाएको क्षण कसरी सम्झना गरिरहेकी छन्? हेर्नुहोस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको एक भिडिओमा।






