ब्रजिलमा प्रहरीद्वारा घातक कारबाही, मारिने मानिसको कुल सङ्ख्या १२० भन्दा बढी
ब्रजिलमा प्रहरीद्वारा घातक कारबाही, मारिने मानिसको कुल सङ्ख्या १२० भन्दा बढी
ब्रजिलको रीओ डि जनीरोमा प्रहरीले २८ अक्टोबरमा गरेको घातक कारबाहीमा मारिने मानिसको सङ्ख्या १२० नाघेको अधिकारीहरूले बताएका छन्।
यो सङ्ख्या यसअघि भनिएकोभन्दा दुई गुना हो। प्रहरीले रीओका दुइटा विपन्न भेग आलेमाउँ र पेन्यामा कारबाही गरेको थियो।
शोकाकुल स्थानीयवासीहरूले बुधवार दर्जनौँ शव बाहिर निकालेर एउटा चोकमा भेला पारेपछि विपन्न मानिसहरूलाई कानुनी सहायता प्रदान गर्ने निकायले मृतकको सङ्ख्या सार्वजनिक गरेको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



