सर्वोच्च शिखर सगरमाथा चढेर कृत्रिम अक्सिजनबिना स्की गर्दै हिउँमा चिप्लेटी

भिडिओ क्याप्शन सुरु हुँदैछ,
सर्वोच्च शिखर सगरमाथा चढेर कृत्रिम अक्सिजनबिना स्की गर्दै हिउँमा चिप्लेटी

पोल्यान्डका एक पर्वतारोही विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखरबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएको उनको टोलीले जनाएको छ।

नेपालपट्टिबाट सगरमाथा आरोहण गरेपछि ३७ वर्षीय आन्जे बार्ग्येलले 'डेथ जोन'मा १८ घण्टा बिताएको र उनी त्यसपछि स्की गर्दै तल ओर्लिएको बताइएको छ।

सगरमाथामा कृत्रिम अक्सिजन नबोकी त्यसो गर्ने उनी 'अभिलेखमा भएका प्रथम व्यक्ति' भएको ठानिएको छ।

सगरमाथामा वायुको चाप निकै कम हुने हुँदा अक्सिजनको मात्रा पनि निकै कम हुन्छ। त्यस्तो परिस्थितिमा धेरै पर्वतारोहीहरू सास फेर्दा ट्याङ्कबाट भरिएको अतिरिक्त अक्सिजन लिन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।