निर्वाचन हाँक्दै २४ महिलाको टोली
निर्वाचन हाँक्दै २४ महिलाको टोली
कीर्तिपुर नगरपालिका वडा नं ६ को पाँडेछाप मतदान केन्द्रमा मतदानका लागि खटिएका २४ जना कर्मचारी सबै महिला छन्।
निर्वाचन अधृकत सदिक्षा नेपाल, मीना अधिकारी र लक्ष्मी रानाको टोलीले अहिले भइरहेको सङ्घीय र प्रदेशको चुनावमा तीन वटा मतदान केन्द्रमा मतदान गराउँदै छन्।
निर्वाचन आयोगका अनुसार देशभरि केही थोरै मतदान केन्द्र महिलाले मात्र सञ्चालन गरेका छन्।
चुनौतीका सँगसँगै आफूहरूले नेतृत्त्व विकासको मौका पाएको उनीहरूको अनुभव छ।
“स्थानीय निकायसँग, यहाँको वडाको प्रतिनिधिसँग कसरी समन्वय गर्ने भनेर चाहिँ मैलै एकदम सिकेँ,” मतदान अधिकृत लक्ष्मी रानाले बीबीसीलाई बताइन्।
कस्ता कस्ता चुनौती पार गर्दै यो महिला टोलीले पाँडेछाप मतदान केन्द्रमा निर्वाचन गराउँदै छन् त? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

Skip अनि यो पनि: and continue readingअनि यो पनि:
End of अनि यो पनि:




