कोरोनाभाइरस सङ्क्रमण: म‍ुख्य भूमि चीनबाट आउनेहरूमाथि हङ्‍कङमा नयाँ क्वारन्टीन नियम लागु

चीनबाट हङ्‍कङतिर आउँदै गरेकी एक महिला

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, शनिवार बिहान मुख्यभूमि चीनबाट निकै कम मानिस हङ्‍कङ आए

हङ्‍कङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको छ।

चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ। स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ।

नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ।

यसैबीच चीनमा कोरोनाभाइरसका कारण एकजना अमेरिकीसहित ७२२ जनाको मृत्यु भएको छ। एकजना जापानीको पनि भाइरस सङ्क्रमणकै जस्तो लक्षणका कारण ज्यान गएको छ।

अमेरिकी र जापानीको वुहानमा मृत्यु

६० वर्षीय अमेरिकी नागरिक पहिलो गैरचिनियाँ भाइरस सङ्क्रमितको वुहानस्थित अस्पतालमा बिहीवार निधन भएको थियो। बेइजिङस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएनन्।

त्यसैगरी जापानी विदेश मन्त्रालयले पनि ६० वर्ष नाघेका एक जापानीको वुहानमा मृत्यु भएको जनाएको छ। उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनमा अहिलेसम्म ३५,५४६ लाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस सङ्क्रमण भएको छ।

एकजनाको हङकङमा र दोश्रो व्यक्तिको फिलिपिन्समा मृत्यु भएको छ।

चिनियाँ जाँच

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हङ्‍कङ आउन लाम लागेका हजारौँ थिए र चीनले शानजेनमा जाँच कडा गरिएको छ

हङकङमा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सीमावर्ती चिनियाँ शहर शानजेनमा दशौँ हजार मानिसहरू शुक्रवार मध्यरातका लागि तोकिएको समयसीमा अगावै सीमा पार गर्न लाम लागेका थिए।

तर शनिवार बिहानसम्म शान्जेन स्थित बन्दरगाह पार गर्न थोरै मानिस आएका थिए।

अभाव

शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले चीनमा गत दुई दिनमा सङ्क्रमण हुने सङ्ख्या रिपोर्ट गरिएको भनिएपछि सकारात्मक रूपमा लिइएको छ। तर डब्लूएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको सङ्ख्याबारे धेरै विश्लेषण गर्न नहुनेमा सतर्क बनाए।

उनले संवाददाताहरूलाई कोरोनाभाइरस प्रकोपले विश्वव्यापी रूपमा औषधीजन्य बस्तुहरू, गाउन, मास्क र पञ्जाहरूको अभाव भएको बताए।

चीन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चीनमा निधन भएका डाक्टरका प्रति हङ्‍कङमा श्रद्धाञ्जली प्रकट गरिएको थियो

गेब्रेयेससले भने, "जब बस्तु कम उपलब्ध हुन्छ र माग बढी हुन्छ त्यसबेला झन धेरै जम्मा पार्ने र चर्को मूल्यमा बिक्री गर्ने नराम्रो प्रवृत्ति देखा पर्न सक्छ।"

उनले यस्ता बस्तु उपलब्ध गराउने व्यवसायीलाई नाफा बढाउने उपाय खोज्न भन्दा मानवीयता जोगाउन आग्रह गरेका छन्।

डब्लूएचओको नयाँ तथ्याङ्क अनुसार १७,००० सङ्क्रमित मध्ये ८२ प्रतिशतमा मध्यम प्रभाव परेको, १५ प्रतिशतमा नराम्रो प्रभाव परेको र ३ प्रतिशत गम्भीर जोखिममा परेको पाइएको छ।