पूर्वराजा ज्ञानेन्द्र कतै खबर गरेर पुग्छन् त कतै आकस्मिक रूपमा

ज्ञानेन्द्र

तस्बिर स्रोत, COURTESY: LOD

पढ्ने समय: ३ मिनेट

गत शनिवार रातको साढे ११ बज्नै लागेको थियो। ठमेलस्थित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) आएका पाहुनाहरू विभिन्न खाले पेयका साथमा झुमिरहेका थिए।

विभिन्न गीतको तालमा पाहुनाहरू झुमिरहेका बेला क्लबको 'फ्रन्ट डेस्क'मा केही व्यक्तिहरू आएर केही बेरमा त्यहाँ पूर्वराजा ज्ञानेन्द्र आउन लागेको जानकारी दिए।

"उहाँहरू पूर्वराजाको सुरक्षाकर्मी हुनुहुँदो रहेछ। म फ्रन्ट डेस्क भएकाले उहाँहरूले मसँगै कुराकानी गर्नुभयो," त्यसबेला त्यहाँ ड्युटीमा रहेका क्लबका कर्मचारी सहदेव सेढाईले बीबीसीसँग भने।

त्यसपछि कर्मचारीहरू हतारहतार क्लबमा रहेका अति विशिष्ट व्यक्तिहरूका लागि छुट्ट्याइएका पाँचवटा टेबलतर्फ दौडिए।

"हामीले चारवटा भीभीआइपी (अति विशिष्ट) टेबलहरू पहिले नै अन्य व्यक्तिहरूलाई दिइसकेका थियौँ कुनापट्टिको एउटा भने खाली थियो," सेढाईले भने।

"सुरक्षाकर्मीले जानकारी गराएको केही बेरमै पूर्वराजाको परिवारका सदस्यहरू आइपुग्नु भयो।"

पूर्वराजा ज्ञानेन्द्र सहित उनीहरूका परिवारका सदस्यहरूलाई क्लबका कर्मचारीहरूले त्यही कुनातिरको टेबलतर्फ लिएर गएको उनी बताउँछन्।

नाचगान

त्यसक्रममा त्यहाँ उपस्थित कतिपयले नाच्न अनुरोध गरेको क्लबका कर्मचारीहरूले बताए।

हिमानी

तस्बिर स्रोत, COURTESY: LOD

त्यसपछि पूर्वराजा ज्ञानेन्द्र सहित परिवारका सदस्यहरूले त्यहाँ नाचगान गरे।

उनीहरू नाच्दा "रातो र चन्द्र सूर्य…." बोलको गीत बजेको भिडिओ सामाजिक सञ्जालमा आइतवारदेखि नै चर्चाको विषय बनेको छ।

क्लबका कर्मचारीका अनुसार केही समयअघि ज्ञानेन्द्रका नाति हृदयन्त्रको जन्मोत्सव उक्त क्लबमा मनाइएको थियो।

त्यसक्रममा ज्ञानेन्द्र शाह भने उपस्थित थिएनन्। नातिनी पूर्णिकाले 'उक्त क्लब राम्रो रहेछ' भन्ने जानकारी दिएकाले शनिवार आएको पूर्वराजाले त्यहाँका कर्मचारीलाई बताएको सेढाईले जानकारी दिए।

"आउँदा-आउँदै पनि उहाँले तपाईंहरूको क्लबबारे धेरै चर्चा सुनेकाले हेर्न आएको भन्नु भएको थियो," उनी भन्छन्।

चर्चा

करिब साढे ११ बजे उक्त क्लबमा पुगेका पूर्वराजा ज्ञानेन्द्र करिब दुई घण्टा त्यहाँ बसेर फर्केका थिए।

अन्य कतिपय सदस्यहरू भने त्यसपछि पनि त्यहाँ बसेर बियर पिएको उनले जानकारी दिए।

ज्ञानेन्द्र

तस्बिर स्रोत, COURTESY: LOD

सामाजिक सञ्जालमा धेरै चर्चा बटुल्न सफल उक्त भिडिओमा कतिपय व्यक्तिहरूले पूर्व राजपरिवारका सदस्यहरूसँग सेल्फी खिँचेको पनि देखिन्छ।

क्लबले आफ्नो फेसबुक पेजमा अकस्मात् पूर्वराजपरिवारका सदस्यहरू क्लबमा आइपुगेको उल्लेख गर्दै उक्त भिडिओ बाँडिएको छ।

सामाजिक सञ्जालमा पूर्व राजपरिवारका सदस्यहरू रात्री क्लबमा गएको र नाचेको भिडिओबारे पक्ष र विपक्षमा टिप्पणीहरू पनि भइरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पूर्व राजपरिवारको उक्त कदमलाई प्रशंसा गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, "राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा। जनताको राजा, नागरिक राजा। जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने। संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक राजसंस्था।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

एकजना पत्रकार विनु पोखरेलले राजतन्त्र र हिन्दूराष्ट्रको वकालत गर्नेहरूप्रति लक्षित गर्दै पूर्वराजाबाट त्यस्तो आश गर्नु बेकार रहेको लेखेकी छिन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

सञ्चारकर्मी निशा राईले चाहिँ व्याङ्ग्यात्मक ट्वीट गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

पूर्व डीआइजी हेमन्त मल्लले पूर्व राजाले नाचगान गरेको समाचारले कतिपयलाई 'भय उत्पन्न गरायो होला' भन्ने खालको व्याङ्ग्यात्मक ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

तर पूर्वराजपरिवारका सदस्यहरू रात्रीकालिन क्लबहरू वा रेष्टुराँमा गएर यस्तो चर्चा पाएको पहिलो पटक भने होइन।

यस अघि पनि पूर्व राजा ज्ञानेन्द्र सहित परिवारका अन्य सदस्यहरू रमाइलो गर्न विभिन्न स्थानमा जाँदा यस्तै चर्चा हुने गरेको थियो।

ज्ञानेन्द्र

तस्बिर स्रोत, COURTESY: LOD

पूर्वराजा र उनको परिवारका सदस्यहरू राजधानीका विभिन्न रेष्टुराँहरूमा कतै पहिले नै खबर गरेर त कतै अकस्मात् रमाइलो गर्न पुग्ने गरेको जानकारहरू बताउँछन्।

गत वर्षको क्रिसमसको अघिल्लो साँझ पहिलोपटक आफ्नो रेष्टुराँमा आएका पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारका सदस्यहरू त्यसपछि पटकपटक खबर गरेर आउने गरेको बताउँछन्- राजधानीका विभिन्न स्थानमा शाखाहरू रहेको त्रिसरा रेष्टुराँका प्रबन्ध निर्देशक शोभन मालाकार।

रमाइलो

उनका अनुसार त्रिसराको लाजिम्पाटस्थित रेष्टुराँ पूर्वराजाको परिवार दुईपटक र दरबारमार्गस्थित रेष्टुराँमा तीनपटक पुगिसकेका छन्।

"उहाँहरूको सहयोगीले पहिले खबर गर्नुहुन्छ। त्यसबेला नै कुन-कुन परिकार र पेय राख्ने भन्ने तय हुन्छ अनि उहाँहरू आउनुहुन्छ," मालाकार भन्छन्।

"त्यसक्रममा पारस चाहिँ कमै आउनु हुन्छ।"

ज्ञानेन्द्र

तस्बिर स्रोत, COURTESY: LOD

उनका अनुसार पूर्वराजपरिवारका लागि रेष्टुराँले बुफेको व्यवस्था गर्ने गरेको छ।

उनका अनुसार पूर्वराजाले पेयमा विशेषगरी वाइन मन पराउने गरेका छन् भने कहिलेकहीँ ह्विस्की पनि लिन्छन्।

मालाकारका अनुसार पूर्वराजाको परिवार भएपनि सबैजना रेष्टुराँमा उपस्थितहरूसँग सर्वसाधारणझैँ घुलमिल हुने गरेका छन्।

"सुरुमा क्रिसमसमा आउनेभन्दा मलाई अलिअलि डर पनि लागेको थियो। तर पछि उहाँहरू आएपछि एकदमै साधारण व्यवहार गर्नुभयो अनि मलाई सामान्य हुनुहुँदो रहेछ भन्ने थाहा भयो," मालाकार भन्छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, नारायणहिटीमा नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्रसँग पौने एक घण्टा के कुरा गरेका थिए?