मेसुट ओजिल: आर्सनलका खेलाडीको जर्सी सगरमाथा आधार शिविरमा, प्रशंसकले दिए नेपाल आउने निम्तो

ओजिलको जर्सी

तस्बिर स्रोत, Courtesy: Niroj Khatiwada

वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन्। पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ।

सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन्।

यसै क्रममा इङ्लिश फुटबल क्लब आर्सनलका एक नेपाली प्रशंसक पनि सगरमाथा आधार शिविर पुगेका छन्। उनी त्यहाँ पुगेको सूचना आर्सनलका विश्वचर्चित जर्मन खेलाडी मेसुट ओजिल सामाजिक सञ्जालमार्फत् दिएका हुन्।

काठमाण्डूका निरोज खतिवडा आक्रामक मिडफिल्डर ओजिलले आफ्नो हस्ताक्षरसहित पठाएको जर्सी लिएर सगरमाथा आधार शिविर गएका हुन्।

ओजिलले सोमवार ट्विटरमा उनले लगाउने १० नम्बर भएको जर्सी बोकेका खतिवडाको र आर्सनलका नेपाली प्रशंसकहरूको सामूहिक तस्बिर पोस्ट गरेका थिए।

ओजिलले लेखेका छन्, "हेर्नूस्, मैले हस्ताक्षर गरेर नेपालको आर्सनल फ्यान क्लबलाई टीसर्ट पठाएपछि के भयो! एक जनाले त्यसलाई सगरमाथा आधार शिविरसम्मै पुर्‍याए।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

ओजिलले ती तस्बिर पोस्ट गरिदिएपछि २८ वर्षीय खतिवडा आश्चर्यचकित भए।

उनले ट्विटरमै ओजिललाई धन्यवाद दिँदै "आफूले त्यसलाई शब्दमा व्याख्या गर्न नसकिरहेको" लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर गर्दै गरेका खतिवडा आफू विगत १० वर्षदेखि ओजिलको "फ्यान" र १५ वर्षदेखि आर्सनलको समर्थक रहेको बताउँछन्।

उनी आर्सनल फ्यान क्लबका उपाध्यक्ष पनि हुन्।

बीबीसी नेपालीलाई उनले भने, "ओजिलले मेरो फोटो पोस्ट गरिदिएपछि म त एक छिन हेरेको हेर्‍यैँ भएँ।"

उनी वैशाख १७ गते आधार शिविर पुगेका हुन्।

के भन्छन् अरू प्रशंसक?

ओजिलले गरेको ट्वीट २३ सय भन्दा बढी रिट्वीट भएको छ तथा त्यसले १८ हजार भन्दा बढी लाइक पाएको छ।

उनका फ्यानहरू कसैले "ओजिलको स्थान सगरमाथाको शिखरमा रहेको" त कसैले यसले आर्सनल परिवारको "वास्तविक मूल्य देखिएको' भन्दै प्रतिक्रिया लेखेका छन्।

कसैले भने उनलाई युरोपा कपको फाइनलपछि नेपाल आउन निम्तो दिएका छन्। नवीन चित्रकारले लेखेका छन्, "हामी तपाईंलाई बेसक्याम्प नै लैजाउँला।"

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

बाइस वर्षको उमेरमै पहिलो पटक विश्वकप खेल्दा ओजिललाई विश्वले सन् २०१० मा चिनेको थियो।

सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा उनको योगदान महत्त्वपूर्ण मानिएको थियो।

जर्मन खेलाडी ओजिलले अहिलेसम्म पाँच पटक 'जर्मन प्लेयर अफ दि इयर' को उपाधि पाएका छन्।

उनी सन् २०१३ देखि आर्सनलबाट क्लब खेल्न थालेका हुन्। त्यसअघि उनी स्पेनको रियाल मड्रिडबाट खेल्थे।

Presentational grey line

यो पनि पढ्नुहोस्