जनप्रतिनिधिमार्फत संविधान बनाउन गठन भएको संविधानसभाले ८ वर्षपछि अन्तत: आफ्नो काम सम्पन्न गरेको छ।
तस्बिरको क्याप्शन, २०६३ सालमा तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच बिस्तृत शान्ति सम्झौता भएपछि संविधानसभामार्फत संविधान लेखनको बाटो खुलेको थियो।
तस्बिरको क्याप्शन, २०६३ साल चैत २८ गते पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको थियो, त्यसपछि १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी दल अग्रणी राजनीतिक पार्टीको रुपमा उदाएको थियो।
तस्बिरको क्याप्शन, पहिलो संविधानसभाको म्याद पटकपटक थपेर चार वर्ष बनाए पनि अन्तत: उक्त संविधानसभा संविधान जारी गर्न विफल भइ विघटन भएको थियो।
तस्बिरको क्याप्शन, पहिलो संविधानसभा विघटन भएपछि प्रमुख चार राजनीतिक दलहरुको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी प्रयोजनका लागि सरकार गठन भएको थियो। २०७० साल मंसिरमा भएको चुनावमा उल्लेख्य सहभागिता रहेको थियो।
तस्बिरको क्याप्शन, दोस्रो संविधानसभा चुनावमा एकीकृत माओवादी तेस्रो स्थानमा झर्न पुग्यो। दोस्रो संविधानसभा निर्वाचनपछि सत्ताधारी दल र प्रतिपक्षी दलबीच संविधानका संघीयता, शासकीय स्वरुपलगायतका विषयमा मत विभाजित हुँदै आएको थियो। संविधान जारी गर्ने पहिलो १ वर्षे म्यादसम्म एकीकृत माओवादी लगायतका दलहरुले आफ्नो असन्तुष्टी संविधानसभाभित्रै होहल्ला र तोडफोड गरेर जनाएका थिए।
तस्बिरको क्याप्शन, राजनीतिक दलहरुबीच मतभेद माझ नयाँ वर्षको सुरुमै भूकम्प गएपछि बसेका दलहरुको बैठक सहमति उन्मुख देखिन्थ्यो। त्यसपछि प्रमुख ४ राजनीतिक पक्षले १६ बुँदे सम्झौता गरेपछि संविधान निर्माणको प्रक्रियाले गति लिएको थियो। त्यसयता देशका विभिन्न भागमा सीमांकनको विरोधमा प्रदर्शनहरु भए पनि कडा सुरक्षामाझ मस्यौदा संविधानका प्रावधानमाथि दफावार छलफल भएको थियो।
तस्बिरको क्याप्शन, त्यसरी छलफलबाट टुंगो लागेको परिमार्जित विधेयकलाई सभासद्हरुले अत्यधिक मतसहित पारित गरेका थिए।
तस्बिरको क्याप्शन, संविधान निर्माणको प्रक्रिया धेरै वर्ष लम्बिरहँदा अन्तत: सत्ताधारी र प्रमुख प्रतिपक्षी दलहरुले तराई केन्द्रित दलहरुको असन्तुष्टी माझ नै संविधान अनुमोदन गरेका थिए।
तस्बिरको क्याप्शन, विपक्षमा रहँदै आएको राप्रपा नेपालका सभासद्सहितको ५ सय ३७ सभासद्ले हस्ताक्षर गरेको संविधानलाई सभाध्यक्ष सुवास नेम्वाङ्ले प्रमाणिकरण गरेका थिए।
तस्बिरको क्याप्शन, त्यसरी प्रमाणित भएको संविधानलाई आइतबार साँझ राष्ट्रपतिले जारी गर्ने कार्यक्रम छ। त्यसका लागि संविधानसभा भवनलाई विशेष तयारीसहित सजाइएको छ।