रंगभेद विरोधी आन्दोलनका नायक, दक्षिण अफ्रिकाका नेता मण्डेलाको प्रभाव विश्वभर परेको छ
तस्बिरको क्याप्शन, श्वेत अल्पसंख्यकहरुको रंगभेदी शासन विरुद्ध लामो संघर्ष गरेका दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ।
तस्बिरको क्याप्शन, पूर्वी केपमा एउटा स्थानिय अगुवाको घरमा जन्मिएका मण्डेला भागेर जोहान्नेसबर्ग पुगे जहाँ उनी वकिल बने र अफ्रिकन नेशनल कंग्रेस एएनसीको रंगभेद विरोधी लडाईंमा सहभागी भए।
तस्बिरको क्याप्शन, एएनसीको अभियानमा सहभागी भए वापत सन् १९५६ मा उनीमाथि देशद्रोहको आरोप लाग्यो। मुद्दा चल्दा चल्दै उनको भेट सामाजिक कार्यकर्ता वीन्नी मदिकिजेलासंग भयो। दुई वर्षपछि मण्डेलाले पहिलो पत्नी इभलिने मेजसंग पारपाचुके गरे।
तस्बिरको क्याप्शन, सन् १९५८ मा उनको र वीन्नीको विवाह भयो। तर घरि उनी जेल पर्ने त घरि विन्नी जेल पर्ने क्रम जारी रह्यो।
तस्बिरको क्याप्शन, देशद्रोहविरुद्धको दोस्रो मुद्दापश्चात मण्डेलालाई ध्वंस गरेकोमा दोषी पाइयो। उनलाई सन् १९६४ मा आजीवन कारावासको सजाय सुनाईयो।
तस्बिरको क्याप्शन, दुई दशकभन्दा बढि समयको कारावास जीवनपछि सन् १९९० मा मण्डेला रिहा भए।
तस्बिरको क्याप्शन, त्यसपछि जारी वार्तापछि अन्तत: दक्षिण अफ्रिकि राष्ट्रपति एफ डब्लु डे क्लर्कले एक व्यक्ति एक भोटमार्फत चुनाव गर्न सहमत भए। रंगभेद अन्त गर्न खेलेको भूमिकालाई कदर गर्दै यी दुवैलाई सन् १९९३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरियो।
तस्बिरको क्याप्शन, सन् १९९४ को अप्रील २७ तारीखका दिन दक्षिण अफ्रिकामा पहिलो प्रजातान्त्रिक निर्वाचन सम्पन्न भयो। अश्वेत दक्षिण अफ्रिकिहरुले लामो लाईनमा बसेर मतदान गरे। चुनावपछि एएनसीले भारी बहुमत प्राप्त गर्यो अनि मण्डेला दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बने।
तस्बिरको क्याप्शन, केवल एक कार्यकालपछि मण्डेला राष्ट्रपति पदबाट सन् १९९९ मा स्वेच्छाले बाहिरिए। त्यसपछि उनले दक्षिण अफ्रिकाको उच्च स्तरको दूतको भूमिका खेले। उनी एचआइभी एड्सबारे जनचेतना जगाउने अभियानमा सहभागी भए तथा दक्षिण अफ्रिकामा सन् २०१० को विश्वकप फुटबल प्रतियोगिता भित्र्याउन सफल भए।
तस्बिरको क्याप्शन, विन्नीसंगको तिक्ततापूर्ण पारपाचुकेपछि मण्डेलाले तेस्रो विवाह गरे ग्रासा माचेलसंग। उनले ८० वर्षको जन्मदिनका बेला मोजाम्बिकका पूर्व नेता सामोआ माचेलकि विधवा ग्रासासंग विवाह गरेका थिए।
तस्बिरको क्याप्शन, सन् २००४ मा ८५ वर्ष उमेरका मण्डेलाले सार्वजनिक जीवनबाट अवकाश लिए।