लोभलाग्दो लाङटाङ

काठमाण्डूबाट उत्तरतिर रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज एक प्रसिद्ध धार्मिक, सास्कृतिक एवं पर्यटकीय स्थल हो

मनोरम दृश्य
तस्बिरको क्याप्शन, रसुवाको धुन्चे वा स्याफ्रुबेसीबाट पदयात्रा शुरु गर्दा दायाँबायाँ मनोरम दृश्यहरु आँखा अगाडि आइपुग्छन् (तस्विरहरु: सुरेन्द्र फुयाल, बीबीसी नेपाली सेवा)
फूलहरु
तस्बिरको क्याप्शन, वर्षायाममा लाङटाङ नदी किनारको पदयात्रा मार्ग र माथिल्लो उचाइमा रहेका खर्कहरुमा रंगीविरंगि फूलहरु फुलेका हुन्छन्
फापर
तस्बिरको क्याप्शन, लाङटाङ उपत्यकामा फापर एक प्रमुख बाली हो; खेतबारीमा महिलाहरु काम गरिरहेका भेटिन्छन्
इन्द्रेणी
तस्बिरको क्याप्शन, वर्षायाममा लाङटाङ उपत्यकाबाट क्याङ्ग्जिन गुम्बातिर उक्लिदा इन्द्रेणी परेको देख्न सकिन्छ
क्याङ्ग्जिन गुम्बा
तस्बिरको क्याप्शन, क्याङ्ग्जिन गुम्बा लाङटाङ उपत्यकाको सबै भन्दा बढी उचाइमा रहेको मानव वस्ती हो
गुम्बा भित्र
तस्बिरको क्याप्शन, बौध्दमार्गीहरुको प्रसिद्ध तीर्थस्थल क्याङ्ग्जिन गुम्बा भित्रको दृश्य
याक
तस्बिरको क्याप्शन, क्याङ्ग्जिन गुम्बा देखि माथिका खर्क तथा चरनक्षेत्रमा याक चरिरहेका भेटिन्छन्
चिज कारखाना
तस्बिरको क्याप्शन, क्याङ्ग्जिनमा नेपालकै पुरानो मानिने चिज कारखाना छ जहाँ नाक तथा चौंरीको दूधबाट चिज बनाइन्छ
खाने सुविधा
तस्बिरको क्याप्शन, लाङटाङ पदयात्रा मार्गमा चिया कफी र विभिन्न परिकारका पश्चिमा खाना खाने सुविधा छ
हिमालचुली
तस्बिरको क्याप्शन, आकाश खुलेको बेला क्याङ्ग्जिन वरिपरि हिमालचुलीहरु देख्न सकिन्छ
लौरिविना
तस्बिरको क्याप्शन, गोसाइंकुण्ड जाने पदयात्रा मार्गमा लौरिविना उकालो चढेपछि मनोरम दृश्यहरु देखिन्छ
गोसाइंकुण्ड
तस्बिरको क्याप्शन, सुन्दर गोसाइंकुण्डमा मेला भर्न हिन्दु तथा बौध्द तीर्थालुहरुको भीड लाग्ने गर्छ
सुर्यकुण्ड
तस्बिरको क्याप्शन, सुर्यकुण्ड लाङटाङ क्षेत्रको अर्को मनोरम स्थल हो