मुक्तिनाथ दाहाल: जसले ४० औँ प्रयासपछि छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाए

भिडिओ क्याप्शन सुरु हुँदैछ, चालीस पटकमा छोरो पास भएपछि आमा भन्छिन्, 'खोपडी चाहिँ रहेछ'

मोरङका मुक्तिनाथ दाहालले विगत सत्र वर्षदेखि निरन्तर एमबीबीएस परीक्षामा सहभागिता जनाए।

उनी चालीस पटक परीक्षा दिएपछि उत्तीर्ण भएका छन्।

आफ्नो परिवारलेसमेत आफूले एमबीबीएसमा नाम निकाल्नेमा आशा मारिसकेका बेला उनले छात्रवृत्तिमा नाम निकालेका हुन्।

हाल काठमाण्डूको धुम्बाराहीमा बस्दै आएका ३५ वर्षीय उनले सरकारी स्कुलबाट २०५९ सालमा एसएलसी पास गरेका थिए।

'होम-ट्यूशन' पढाउँदै जीविका चलाउँदै आएका उनले परीक्षामा सफलताका लागि ज्ञान मात्र नभई धैर्यता र आत्मविश्वास चाहिने बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ स्टोरी।

अनि यो पनि