दि एलिफन्ट विस्परर्सः मान्छे र टुहुरा छावाबीच टुसाएको आत्मीयताको कथा, 'हाम्रा बच्चा अब हामीसँग बस्दैनन् '
'दि एलिफन्ट विस्परर्स' नामक वृत्तचित्रले यो वर्ष उत्कृष्ट डक्यूमेन्टरी शर्ट फिल्मको ओस्कर उपाधि हात पार्यो। ओस्करमा भारतीय वृत्तचित्र पुरस्कृत भएको यो पहिलो अवसर हो।
दक्षिण भारतको तमिलनाडुमा बस्ने एउटा आदिवासी दम्पतीले हात्तीका टुहुरा छावाको हेरचाह गरेको र उनीहरूबीच विकसित आत्मीयतालाई उक्त वृत्तचित्रमा प्रस्तुत गरिएको छ।
बोम्मन र बेल्लीले हुर्काएका रघु र अम्मु अहिले ठूला भइसकेकाले राज्यको वन विभागले ठूलो उमेरका हात्तीको रेखदेख गर्ने अनुभव भएका अर्का एक कर्मचारीलाई जिम्मा लगाएको छ।
ओस्कर पुरस्कार घोषणा भएपछि बीबीसी तमिलले बोम्मन र बेल्लीसँग भेटेर उनीहरूसँग कुरा गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि