नेपाल यातायात सुरक्षाः ‘ट्राफिक प्रहरीले वर्षेनी अर्बभन्दा बढी रुपैयाँ जरिवाना उठाउँछ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘ट्राफिक प्रहरीले वार्षिक एक अर्ब ४१ करोड रुपैयाँ जरिवाना उठाउँछ’

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा मात्रै एक अर्ब ४१ करोड रुपैयाँ यातायात नियम उलङ्घन गरेको कसुरमा लगाइने जरिवानाबाट सङ्कलन गरेको बताएको छ।

काठमाण्डू उपत्यकामा गत आर्थिक वर्षमा मात्रै करिब ३४ करोड राजस्व सङ्कलन भएको छ।

बढी जरिवानामा पर्नेमा सार्वजनिक सवारी साधन चालक पर्ने गरेको प्रहरीले बताएको छ।

सबैभन्दा बढी कारबाही चाहिँ रोक्न नहुने र अड्याउन नहुने ठाउँमा सवारी साधन रोकेको कसुरमा हुने गरेको छ।

कस्ता कस्ता कसुरमा जरिवाना हुन्छ र ट्राफिक प्रहरीले सङ्कलन गरेको रकम कहाँ जान्छ?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।