भारत पुल दुर्घटना: 'छोराहरू असल र होनहार थिए, अब हामी एक्लियौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'छोराहरू असल र होनाहार थिए, न्याय होस् भन्ने चाहन्छु'

भारतको गुजरात राज्यमा झोलुङ्गे पुल चुडिँदा आफन्त गुमाएका परिवार दोषीलाई कारबाही होस् भन्ने चाहन्छन्।

उपनिवेशकालीन पुल चुँडिँदा कम्तीमा १३५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मर्मतपछि गत महिनामात्रै उक्त पुल पुन: सञ्चालनमा आएको थियो।

प्रहरीले उक्त घटनामा अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ। हेर्नुहोस् यो भिडिओ-