भर्खर जन्मिएको हात्तीको छावा यसरी हिँड्न थाल्यो
हात्तीको छावाले पहिलो पाइला चालेको देख्नुभएको छ?
यूकेस्थित एउटा चिडियाखानामा एशियाली हात्तीको एउटा छावा जन्मिएको केही घण्टामा उठेर हिँड्न थालेको दृश्यमा खिचिएको छ।
विप्स्नेड जूले त्यहाँ एशियाली हात्तीको बच्चा जन्मनुलाई हात्ती संरक्षणको काममा एउटा ठूलो सफलता मानेको छ। एशियाली हात्ती सङ्कटापन्न जीव हो।
यो पोथी छावाको नाम राख्न बाँकी नै छ। तर माउ र छावा दुवै स्वस्थ रहेको जूले जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि