भीआर प्रविधि प्रयोग गरेर शिर जोडिएका जुम्ल्याहा बच्चाको शल्यक्रिया

भिडिओ क्याप्शन सुरु हुँदैछ, भीआर प्रविधि प्रयोग गरेर शिर जोडिएका जुम्ल्याहाको शल्यक्रिया

भीआर प्रविधिको सहयोगमा ब्रजिलमा शिर जोडिएका जुम्ल्याहा बालकको सफल शल्यक्रिया गरिएको छ।

बर्नार्डो र आर्थर लिमा तीन वर्षका भए। उनीहरूको शरीर छुट्ट्याउने जटिल शल्यक्रिया रिओ डे जेनेरोमा गरिएको हो। त्यसका लागि लन्डनस्थित एक अस्पतालका बालन्यूरोसर्जनले मार्गनिर्देशन गरेका थिए।

दर्जनौँ स्वास्थ्यकर्मीहरूको टोलीले उक्त शल्यक्रियाका लागि महिनौँ सीटी र एमआरआईमा आधारित भर्चूअल रीयालिटीको अभ्यास गरेको थियो।

ती बालकहरू अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि