अफगानिस्तान भूकम्पः 'मैले परिवारका १९ जना गुमाएँ'
पूर्वी अफगानिस्तानमा बुधवार गएको भूकम्पका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या १,००० नाघिसकेको छ।
मारिनेमा बालबालिकाको सङ्ख्या धेरै रहेको डाक्टरहरूले बीबीसीलाई बताएका छन्।
पाक्तिका प्रान्तको एउटा अस्पतालमा उपचाररत एक घाइते महिलाले भूकम्पमा परेर आफ्नो परिवारका १९ जनाको मृत्यु भएको बताएकी छन्।
अफगानिस्तानमा अहिले आएको भूकम्प दुई दशकयता आएको सबैभन्दा भयानक भूकम्प हो।
भूकम्पले निम्त्याएको विनाश गत वर्ष पश्चिमा देशहरूले समर्थन गरेको सरकारलाई विस्थापित गर्दै सत्तामा आएको तालिबानका लागि पनि चुनौती बनेको छ।
तालिबान प्रशासनले प्रकोपपछि अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ।
अहिले अफगानिस्तानमा मानवीय र आर्थिक सङ्कट छ। तालिबानका एक वरिष्ठ अधिकारी अब्दुल कहर बल्खीले "अप्ठ्यारोमा परेका मानिसहरूलाई सहयोग गर्न सरकार आर्थिक रूपमा असमर्थ" रहेको बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि