निर्वाचन आयोग भन्छ: 'आसन्न आमनिर्वाचनमा विदेशमा रहेका नेपाली स्वदेशमा मतदाता बन्न सक्दैनन्'

भिडिओ क्याप्शन सुरु हुँदैछ, निर्वाचन आयोग भन्छ: 'आसन्न निर्वाचनमा विदेशमा रहेका नेपाली स्वदेशमा मतदाता बन्न सक्दैनन्'
Published

विदेशमा रहेका नेपाली नागरिकहरू आसन्न आमनिर्वाचनमा मतदाता बन्न कानुनी र व्यवस्थापकीय चुनौती रहेको निर्वाचन आयोगले जनाएको छ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्नका लागि आवश्यक कानुन निर्माण गर्न सरकार र निर्वाचन आयोगलाई आदेश दिएको केही वर्ष बितिसकेको छ।

मङ्गलवार नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग लिएर निर्वाचन आयोग पुगेका थिए।

भारत तथा अन्य मुलुकमा झन्डै ६० लाख नेपाली नागरिक रोजगारी वा शिक्षाका लागि बसोबास गरिरहेको बताइन्छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै त्यसको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह गरेको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।