नेपाल मनसुन: बाढीको सूचना जोखिम क्षेत्रमा रहेका नागरिकको मोबाइलमा कसरी आउँछ?
कुनै ठाउँमा बाढीको जोखिम उच्च हुने बित्तिकै जल तथा मौसम विज्ञान विभागबाट जोखिम क्षेत्रमा रहेकाहरूको मोबाइलमा सन्देश प्रवाह हुन्छ।
वर्षा याममा २४ घण्टा नै देशभरिको पानीको अवस्था निगरानी गरेर विभागले जोखिमको सन्देश पठाउने गरेको विभागले बताएको छ।
विभागले देशको विभिन्न भागमा १२० भन्दा बढी जल प्रभाव स्टेसन र वर्षा नाप्ने केन्द्रहरू २२० भन्दा बढी केन्द्रहरूमा राखेको छ र त्यसबाट सङ्कलन गरिएका तथ्याङ्कबाट जोखिम मापन गर्छ।
यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागको अनुमान छ। मनसुनमा बढी वर्षा हुँदा करिब २० लाख मानिसहरू प्रभावित हुने आकलन गरिएको छ।
देशभर बाढी आउने कुरा काठमाण्डूमा कसरी थाहा हुन्छ र मोबाइलमा सन्देश कसरी पठाइन्छ?
भिडिओ स्टोरी: सृजना श्रेष्ठ
अनि यो पनि