रक्तचन्दनः 'भारत फिर्ता नलगिँदा' नेपाललाई विभिन्न चुनौती
झन्डै एक दशकदेखि तस्करबाट नेपालमा बरामद रक्तचन्दन "भारतले फिर्ता नलैजाँदा" त्यसको सुरक्षा प्रबन्ध गर्न कठिन भएको वन विभागका अधिकारीले जनाएका छन्।
काठमाण्डूस्थित वन विभाग परिसर र देशका २० जिल्लामा अहिले सवा दुई लाख किलो रक्तचन्दन अलपत्र अवस्थामा राखिएको बताइएको छ।
विभाग परिसरमा मात्रै झन्डै एक दर्जन सशस्त्र प्रहरी र केही वनरक्षकहरू सुरक्षार्थ खटिएको विभागकी सूचना अधिकारी तथा सहायक वन अधिकृत सबनम पाठकले बताइन्।
दुर्लभ तथा सङ्कटापन्न वनस्पति तथा जीवजन्तुका प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)का अनुसार बरामद गरिएको वस्तु उत्पत्ति भएको मुलुकमै फिर्ता गर्नुपर्ने प्रावधान छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि