नेपालका मूर्ति किन चोरी हुन्छ?
नेपालबाट पाँचौँदेखि बाह्रौँ शताब्दीका विभिन्न समयमा हराएका पाँच मूर्तिहरू अमेरिकाबाट नेपाल फर्काइएको छ।
चतुर्मुखी, शिवलिङ्ग, उमामहेश्वर, नागराज, लोकेश्वर (बोधिसत्व अवलोकेश्वर) र शाक्यमुनि बुद्धका मूर्तिहरू अहिले राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ।
पुरातात्त्विक विभागको तथ्याङ्क अनुसार अहिलेसम्म ७९ मूर्तिहरू तथा कला वस्तुहरू विदेशबाट नेपाल फर्काइएका छन्।
तीमध्ये ४० मूर्ति र कलात्मक वस्तुहरू राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा छन्।
हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।