जेब्रा क्रसमा पनि पैदलयात्रुलाई गाडी रोक्दैनन् चालक
विसं २०७७ श्रावणदेखि २०७८ फागुन महिनासम्म काठमाण्डू उपत्यकामा जेब्रा क्रसमा ५० दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ।
जेब्रा क्रसबाट बाटो काट्दा पनि चालकहरूले पैदलयात्रुको लागि सवारीसाधन नरोक्ने कारण पैदलयात्रुहरू सुरक्षित महसुस गर्दैनन्।
पैदलयात्रु र चालक दुवै हतारमा हुने हुनाले जेब्रा क्रसमा बाटो काट्दा पनि जोखिम रहेको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजिव शर्मा दास बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।