नेपाल निर्वाचनः म्यादी प्रहरीमा ४० दिनको जागिर खान हजारौँ आवेदन

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल प्रहरीका प्रवक्ता भन्छन्: दल तथा दलगत स्वार्थमा म्यादी लागे कार्बाही

आसन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन हजारौँ युवा तथा महिलाहरूले आवेदन दिएको नेपाल प्रहरीले जनाएको छ।

झन्डै ४० दिनको जागिर खान आवेदन दिन लामबद्ध भएका केहीले रहरले भर्ना हुन लागेको बताए पनि धेरैले बेरोजगारी तथा आर्थिक समस्याका कारण छोटो अवधिकै लागि भए पनि अवसर सदुपयोग गर्न लागेको बताएका छन्।

गत २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा ७५,००० म्यादी प्रहरी भर्ना गरिएको थियो भने यसपालि एक लाख जनालाई भर्ना गरिने बताइएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले दल वा दलगत स्वार्थमा लागेको ठहर भए म्यादी प्रहरीलाई कारबाही गरिने बताएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि