राहदानी बनाउनै सकस, कर्मचारी अभाव भन्दै जिल्लाबाटै राहदानी लिन आग्रह
राहदानी विभागले ई-पासपोर्ट वितरण सुरु गरेपछि काठमाण्डूको त्रिपुरेश्वरस्थित विभागमा दैनिक हजारौँ व्यक्ति राहदानीका निम्ति पुग्ने गरेका छन्।
दूरदराजबाट आएका सेवाग्राहीले घण्टौँ लाम लागेर सास्ती खेप्दा पनि राहदानी बनाउन निकै सकस भएको गुनासो गरेका छन्।
विभागले जनशक्ति अभावका कारण भिड धान्न कठिन भएको र सेवा प्रभावित भएको बताउँदै जिल्लाबाटै राहदानी लिन आग्रह गरेको छ।
सेवाग्राही र विभागका प्रवक्ता शरदराज आरणसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि