बलिवूडबारे घृणा फैलाएर यूट्यूबमा फलिफाप हुनेहरू
बीबीसीको मिथ्या सूचना सम्बन्धी एकाईको एक अनुसन्धानले थाहा पाए अनुसार बलिवूडका केही चर्चित कलाकारहरू गलत सूचना सम्बन्धी एउटा सङ्गठित अभियानको निशानामा परेका छन्।
आफ्ना यूट्यूब च्यानललाई धेरैले पछ्याइरहेका इन्टरनेटमा प्रभाव राख्ने इन्फ्लूएन्सरहरूले बलिवूडका कलाकारविरूद्ध उत्तेजना फैलाउने, गलत आरोप लगाउने र घृणा फैलाउने काम गरिरहेका छन्।
र उनीहरूले त्यसबाट आर्थिक फाइदा लिइरहेका छन्।