ब्रजिलको पेत्रोपुलिस सहरमा 'महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा' बाढीपहिरोले कयौँको मृत्यु

पेट्रोपुलिस

तस्बिर स्रोत, EPA

ब्रजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो।

सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका घरहरू पहिरोका कारण सखाप भएका छन्।

हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवारहरू घरबार विहीन बनेका छन्।

दशकौँको ठूलो

अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन्।

रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन्।

पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

सडक

तस्बिर स्रोत, Reuters

खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्।

'युद्धभूमिजस्तो'

एकजना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताए।

उनले भने, "सबैले प्रभावित क्षेत्र युद्धभूमि जस्तो देखिएको बताइरहेका छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको दुःख भएपछि टुक्रिएको एउटा हिमाली गाउँ

रुस भ्रमणमा रहेका राष्ट्रपति जाइर बोल्सोनारूले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन्।

पेत्रोपुलिस एउटा पर्यटकीय गन्तव्य भए पनि त्यो भूक्षयको जोखिममा रहेको बताइन्छ।