'बरु मलाई मार्' भनेर प्रहरीसामु घुँडा टेक्ने म्यान्मारकी क्याथोलिक भिक्षुणी

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘बरु मलाई गोली ठोक’: प्रदर्शनकारीहरूको ज्यान जोगाउने यस्तो प्रयास
Published

सन् २०२१ मा विश्वभर चर्चित भएको तस्बिरमा सिस्टर एन रोज नु टङले प्रदर्शनकारीलाई बचाउन प्रहरीसामु घुँडा टेकेको देखिन्छ।

उनले आफु काम गर्ने क्लीनिकमा शरण लिन आएका युवा प्रदर्शनकारीहरूलाई बचाउन त्यसो गरेकी थिइन्।

सन् २०२१ को सैन्य कूपछि म्यान्मारमा विरोध प्रदर्शनहरू भइरहेका छन्।