के कोभिड खोपले रुघाखोकी, ज्वरो र घाँटी दुखेको निको हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोभिड खोपले रुघाखोकी, ज्वरो र घाँटी दुखेको निको हुन्छ?

अहिले कतै कोभिड खोपले शरीरमा दुष्प्रभाव पार्छ कि भन्ने सन्देह छ भने कतै यो खोपले रुघाखोकी, ज्वरो वा घाँटी दुखेको निको हुन्छ भन्ने चर्चा पनि भएको देखिन्छ।

के रुघाखोकी लागेको, ज्वरो आएको वा घाँटी दुखेको बेला कोभिड-१९ विरुद्धको खोप लगाउँदा निको हुन्छ?

अनि कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएका बेला यो खोप लगाउन मिल्छ कि मिल्दैन?

यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीसँग सृजना श्रेष्ठले कुराकानी गरेकी छन्।

हेर्नुहोस् यो भिडिओ।