प्रिन्स दाहाल: विश्व वरीयतामा शीर्ष स्थानमा पुग्ने नेपाली खेलाडी को हुन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रिन्स दाहाल: विश्व वरीयतामा शीर्ष स्थानमा पुग्ने नेपाली खेलाडी को हुन्?

अठार वर्षअघि दार्चुलामा जन्मेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घको जुनियर एकल खेलाडीतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पुगे।

तीन दिदीका एक्ला भाइ दाहालले नेपाली खेलकुदमा एउटा सुनौलो इतिहास रचेका छन्।

आफ्ना बुवालाई मुख्य प्रेरणाको स्रोत मान्ने युवा खेलाडीले ओलिम्पिक्स आफ्नो लक्ष्य भएको बताएका छन्।

उनी को हुन्? कसरी खेलकुदमा लागे? र, उनका भावी योजना के छन्?

कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।