म्यान्मार सामूहिक चिहान: सेनाले यातना दिएर कैयौँ व्यक्तिलाई मारेको खुलासा

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मार सामूहिक चिहान: सेनाले यातना दिएर कैयौँ मानिसलाई मारेको खुलासा

चेतावनी: केही तस्बिरहरूले विचलित पार्न सक्छन्

म्यान्मारको सेनाले गरेको शृङ्खलाबद्ध सामूहिक हत्याबारे बीबीसीले अनुसन्धान गरेको छ।

गत जुलाई महिनामा केही हप्ताको अवधिमा मध्य म्यान्मारको केनई नगरमा चारवटा गाउँलाई निसाना बनाइएको थियो।

शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको अनुसन्धानले देखाएको छ र मृतक सबै पुरुष हुन्।

बाँच्न सफल मानिसहरू र आफ्ना आफन्त गुमाएकाहरूसँग कुराकानी र मोबाइल फुटेजहरूका आधारमा यो रिपोर्ट तयार पारिएको हो।

गत फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि म्यान्मारको सेनाले गर्दै आएको सैन्य दमनलाई संयुक्त राष्ट्रसङ्घले मानवता विरुद्धको अपराध भनेको छ।

रेबेका हेन्श्क, केल्भिन ब्राउन, को को आङ् र मोइ माइन्टको रिपोर्ट।