साताका तस्बिरः एन्टार्क्टिकाबाट सूर्यग्रहण अवलोकनदेखि उपल्लो डोल्पोको हिउँमा उभिएका घोडासम्म

Published

विश्वका विभिन्न स्थानमा गत साता खिचिएका केही समाचारमूलक घटनाका तस्बिरहरू

डिसेम्बर ४ मा एन्टार्क्टिकास्थित यूनियन ग्ल्यासीअर वैज्ञानिक केन्द्रबाट सूर्यग्रहण हेर्दै

तस्बिर स्रोत, FELIPE TRUEBA / COURTESY OF IMAGEN CHILE

तस्बिरको क्याप्शन, एन्टार्क्टिकास्थित यूनियन ग्ल्यासीअर वैज्ञानिक केन्द्रबाट सूर्यग्रहण अवलोक गर्दै
इन्डोनेशियामा सेमेरु पर्वतमा ज्वालामुखी विस्फोटन भएपछि तातो छारोले पुरेको गाउँमा जीवित मानिसको खोजी गर्न जाँदै गर्दा लाभाको खहरे नाघ्दै एक उद्धारकर्मी। जाभाद्वीपमा कम्तीमा ११ वटा गाउँहरू ज्वालामुखीका कारण नराम्ररी प्रभावित भएका छन्।

तस्बिर स्रोत, WILLY KURNIAWAN / Reuters

तस्बिरको क्याप्शन, इन्डोनेशियामा सेमेरु पर्वतमा ज्वालामुखी विस्फोटन भएपछि तातो छारोले पुरेको गाउँमा जीवित मानिसको खोजी गर्न जाँदै गर्दा लाभाको खहरे नाघ्दै एक उद्धारकर्मी। जाभाद्वीपमा कम्तीमा ११ वटा गाउँ ज्वालामुखीका कारण नराम्ररी प्रभावित भएका छन्
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा जापानी धनाढ्य युसुका माएजावा। अन्तरिक्षको यात्रा गर्ने अर्बपतिको सूचीमा माएजावा पनि थपिएका छन्।

तस्बिर स्रोत, Yusaku Maezawa / Instagram via Reuters

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा जापानी धनाढ्य युसुका माएजावा। अन्तरिक्षको यात्रा गर्ने अर्बपतिको सूचीमा माएजावा पनि थपिएका छन्
Transparent line
गोल्वेमा एउटा आँधी बजारिन लाग्दा दौडिरहेकी एक युवती। डिसेम्बर ७ मा आन्ध्र महासागरबाट शक्तिशाली हावाहुरी रिपब्लिक अफ आयरल्यान्ड प्रवेश गरेको थियो।

तस्बिर स्रोत, CLODAGH KILCOYNE / Reuters

तस्बिरको क्याप्शन, गोल्वेमा एउटा आँधी आउन लाग्दा लाग्दा दौडिरहेकी एक युवती। डिसेम्बर ७ मा आन्ध्र महासागरबाट शक्तिशाली हावाहुरी रिपब्लिक अफ आयरल्यान्ड प्रवेश गरेको थियो
रुसको ओम्स्कमा जमेको नदीमा पौडी खेल्न भेला भएका मानिसहरू

तस्बिर स्रोत, ALEXEY MALGAVKO / Reuters

तस्बिरको क्याप्शन, रुसको ओम्स्कमा जमेको नदीमा पौडी खेलेको हेर्न भेला भएका मानिसहरू
आफ्ना नवनियुक्त उत्तराधिकारी ओलाफ शोल्जलाई पदभार हस्तान्तरण गरेपछि १६ वर्ष चान्सलर बनेर जर्मनीको नेतृत्व गरेकी एङ्गेला मेर्कल।

तस्बिर स्रोत, FABRIZIO BENSCH / Reuters

तस्बिरको क्याप्शन, आफ्ना नवनियुक्त उत्तराधिकारी ओलाफ शोल्जलाई पदभार हस्तान्तरण गरेपछि एङ्गेला मेर्कल। उनले १६ वर्ष चान्सलर बनेर जर्मनीको नेतृत्व गरेकी थिइन्
अमेरिकाको मेनस्थित एउटा रिसोर्टमा सान्टा क्लजको भेषमा परोपकारी कार्यक्रममा सहभागी हुँदै स्की खेलाडीहरू।

तस्बिर स्रोत, BRIAN SNYDER / Reuters

तस्बिरको क्याप्शन, अमेरिकाको मेनस्थित एउटा रिसोर्टमा सान्टा क्लजको भेषमा परोपकारी कार्यक्रममा सहभागी हुँदै स्की खेलाडीहरू
अस्ट्रेलियाको तटीय क्षेत्रमा ५,००० किलोमिटर लामो यात्रा सकेर आफ्ना पाँचवटा ऊँटसहित बाइरन बे आइपुग्दा सोफी म्याटरसन।

तस्बिर स्रोत, Brook Mitchell / Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रेलियाको तटीय क्षेत्रमा ५,००० किलोमिटर लामो यात्रा सकेर आफ्ना पाँचवटा ऊँटसहित बाइरन बे आइपुग्दा सोफी म्याटरसन
स्यान्डहर्स्टस्थित सैन्य विद्यालयमा आयोजित एउटा कार्यक्रममा घोडामा सवार एक सैन्य अधिकारी।

तस्बिर स्रोत, Andrew Matthews / PA Media

तस्बिरको क्याप्शन, स्यान्डहर्स्टस्थित सैन्य विद्यालयमा आयोजित एउटा कार्यक्रममा घोडामा सवार एक सैन्य अधिकारी
उपल्लो डोल्पाको धो गाउँमा स्थानीयवासीले पालेका घोडा। खुल्ला आकाशमुनि बस्दै आएका पशुचौपाया हिउँ परेपछि समस्यामा परेका छन्

तस्बिर स्रोत, Hemanta KC / RSS

तस्बिरको क्याप्शन, उपल्लो डोल्पाको धो गाउँमा स्थानीयवासीले पालेका घोडा। खुल्ला आकाशमुनि बस्दै आएका पशुचौपाया हिउँ परेपछि समस्यामा परेका छन्

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित छ।