नेपाल जनगणना: 'एकदमै जोखिमपूर्ण बाटो तर हामी रोकिएनौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, ज्यान जोखिममा राखेर दार्चुलाको छाङरु र तिङ्करमा जनगणना

दार्चुलाको विकट गाउँ छाङरु र तिङ्करमा जनगणना गर्न जोखिमपूर्ण बाटोमा चार दिन हिँडेको सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीले बताएका छन्।

बाटोकै कारण जनगणना जस्तो राष्ट्रिय अभियानमा विकट गाउँमा मानिसहरू नछुटुन् भनेर आफूहरूले जोखिमपूर्ण यात्रा गरेको उनले बताए।

पटकपटक अनुमति माग्दा पनि भारतले आफ्नो बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरू चार दिन हिँडेर दार्चुलाको विकट गाउँ पुगेर फर्केका छन्।

जोखिमपूर्ण बाटोमा खान र बस्न पनि सास्ती खेपेको बताउने उनीहरूले जनगणना गर्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

भिडिओ स्टोरी: कमल परियार