मुस्ताङ हिमपहिरोः बस्ती पनि जोखिममा पर्ने डरमा स्थानीयवासी, जोखिम छ कि छैन भनिदिन आग्रह
मुस्ताङमा आएको हिमपहिरोका कारण कुनै मानवीय क्षति नभए पनि स्थानीय बासिन्दाहरू अझै भयभीत देखिन्छन्। त्यस्तै हिमपहिरो आयो भने के होला भन्ने डर उनीहरूमा देखिन्छ।
गत आइतवार बिहान हिमपहिरोका कारण कोलाहल मच्चिएको थियो र भाग्ने क्रममा केही मानिसहरू घाइते भएको बताइन्छ।
स्थानीय गाउँले र बुद्धिजीवीले हिमपहिरोबाट भविष्यमा हुन सक्ने जोखिमबारे यथाशीघ्र अध्ययन हुनुपर्ने माग गरेका छन्। तर केही विज्ञले मुस्ताङको हिमपहिरोलाई "स्वाभाविक" भन्दै नआत्तिन भनेका छन्।
हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले ३,००० मिटरभन्दा माथिको हावापानी तथा हिमपातको पूर्वानुमान गर्न पर्याप्त मापन केन्द्र स्थापित गर्न सके जोखिम कम गर्न सकिने बताएका छन्।
कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि