जसिन्डा आर्डर्नः फेसबुक लाइभमा सम्बोधन गर्दै गर्दा न्यूजील्यान्डकी प्रधानमन्त्रीलाई छोरीले बोलाएपछि...
न्यूजील्यान्डमा प्रधानमन्त्री जसिन्डा आर्डर्न कोरोनाभाइरस महामारी रोक्ने प्रतिबन्धात्मक उपायबारे फेसबुक लाइभमा बोल्दै थिइन्। त्यही बेला उनकी तीनवर्षे छोरीले बोलाउँदा उनको सम्बोधन केही बेर अबरुद्ध भयो।
छोरी सुतिसकेकी होलिन् र कुनै बाधा नहोला भन्ठानेर आफूले फेसबुक लाइभ गरेको भन्दै क्षमायाचना गरेर उनी छोरी सुताउन गइन्।
प्रधानमन्त्री भइसकेपछि आर्डर्नले छोरी पाएकी हुन्।
उनी सन् २०१८ मा काखकी छोरी लिएर संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएकी थिइन्।
अनि यो पनि