'छठ आएपछि शरीरमा तरङ्ग उत्पन्न हुन्छ' अठार पटक घस्रेर छठ मनाएका मेयरको भनाइ

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'छठ आएपछि शरिरमा तरङ उत्पन्न हुन्छ' अठार पटक घस्रेर छठ मनाउने मेयरको भनाइ

विराटनगर महानगरपालिकाका मेयरले छठ पर्वको अवसरमा अठारौँ पटक घस्रेर पूजास्थल सम्मको यात्रा गरेका छन्।

मेयर भीम पराजुलीले व्रत राखेर घरदेखि करिव साढे तीन किमी घस्रेर छठको पूजा गर्ने गरेका छन्।

दीपावली सकिएपछि तराईका मानिसहरू छठ पूजाको तयारी गर्छन्। छठ तराईमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दु समुदायको एक मुख्य पर्व हो।

यसरी यात्रा गर्न कष्ट भए पनि आफूले निरन्तर गर्दै आएको उनी बताउँछन्।

उनी किन यसरी घस्रेर छठ मनाउँछन्? हेर्नुस् विराटनगरबाट विक्रम निरौलाको सहयोगमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ।