चोलेन्द्र शम्शेर जबराः के प्रधानन्यायाधीशले राजीनामा देलान्? - विशेष अन्तर्वार्ता
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव परेको देखिएको छ।
मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो।
सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन्। अनि उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पदबाट राजीनामा पनि दिइसकेका छन्।
तर त्यो लगायतका विषय उठाउँदै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन्।
यसरी चरम विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा मङ्गलवार बीबीसीका शरद केसीसँग कुरा गर्न तयार भए।
धेरैतिरबाट राजीनामाको माग भइरहेका बेला उनले कुराकानीका क्रममा त्यसो गर्न आफू तयार नरहेको अडान व्यक्त गरेका छन्।
उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरे।
आफ्नो राजीनामा खोजिरहेका भनिएका सर्वोच्च अदालतकै न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीशको वक्तव्य, नेपाल बार एशोसिएशनको माग, सत्ता साझेदार माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँगको भेट अनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको रिट निवेदन लगायतका विषयमा बीबीसीसँग कुराकानी गरेका छन्।
उनीसँगको अन्तर्वार्ता सुन्न माथिको बटनमा क्लिक गर्नुहोस्।