इजरेल: १५ सय वर्ष पुरानो विशाल र प्राचीन मदिरा बनाउने उद्योग पत्ता लाग्यो

उत्खनन् गरिएको क्षेत्र

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पुरातत्त्वविद्‌हरूका लागि त्यो स्थानको आकार अनपेक्षित थियो

एउटा १५ सय वर्ष पुरानो वाइन (एक प्रकारको मदिरा) बनाउने स्थल इजरेलमा फेला परेको पुरातत्त्वविद्‌हरूले बताएका छन्।

उक्त कम्पनी त्यसबेला संसारकै सबभन्दा ठूलोमा गनिन्थ्यो।

तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा बाइजनटाइन समयको विशाल वाइनरी पत्ता लागेको हो ।

उत्खनन स्थलमा जार बोकेकी पूरातत्वविद

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजा जार भनिने माटाका भाँडामा वाइनलाई लामो समय भण्डारण गरेर राखेपछि मात्र बजारमा पठाउन तयार हुन्थ्यो। त्यस्ता जार त्यहाँ फेला परेका छन्

त्यसले वर्षमा बीस लाख लिटर वाइन उत्पादन गर्ने गरेको अनुमान छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रक्सी जति पियो झन् उति बढी किन पिउन मन लाग्छ

जटिल उत्पादन प्रक्रियापछि भूमध्यसागरीय क्षेत्र वरपर त्यो वाइन निर्यात गर्ने गरिन्थ्यो।

उत्खननमा काम गरेका मानिसहरूले त्यहाँको कम्पनीको आकार देखेर आफूहरू छक्क परेको बताए।

याभ्नेस्थित उत्खनन् स्थल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यो क्षेत्र एक किलोमिटर क्षेत्रमा फैलिएको छ

त्यो क्षेत्रमा पर्यटकका लागि आकर्षक स्थान हुने गरी संरक्षणको काम गरिने योजना छ।

त्यहाँ एक वर्ग किलोमिटर क्षेत्रमा पाँचवटा वाइन बनाउने मशिन थिए।

याभ्नेस्थित उत्खनन् स्थल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, त्यहाँ भएका सजाउने सामग्री हेर्दा कम्पनीका मालिक निकै धनी थिए भन्ने देखिन्छ

वाइनलाई लामो समय राखेर बजारमा पठाउन तयार बनाउन र बोतलमा भर्ने स्थानहरू थिए।

र भण्डारणका लागि प्रयोग गरिने जार पोल्ने भट्टीहरू पनि थिए।

याभ्नेस्थित उत्खनन् स्थल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्खनन क्षेत्रमा सयौँ हजारौँ टुक्राटाक्री फेला परेका छन्

उक्त उत्पादनको नाम गाजा एशकेलन वाइन थियो। उक्त वाइन युरोप उत्तर अफ्रिका र एशियामा पनि निर्यात हुन्थ्यो।

त्यस बेला गुणस्तरका लागि पनि त्यो वाइन प्रख्यात थियो। अनि कैयौँका लागि बिहान बेलुकाको अत्यावश्यक वस्तु थियो।

उत्खननमा सहभागी एक निर्देशक जन सेलिगमनले भने, "यो त्यस बेला पोषणको प्रमुख स्रोत थियो किनभने त्यस बेला पानी त धेरैजसो प्रदूषित थियो।"