खुट्टाविहीन आरोही भन्छन्, 'सुरुमा कसैले पत्याएनन् तर आत्मविश्वासले प्रमाणित गरेँ'
सन् २०१५ मा सैनिक ब्यारेक भत्किँदा दुवै खुट्टा गुमाएका रुसी नागरिक रुस्तम नविभले हालै मनास्लु हिमालको आरोहण गरेका छन्।
यसअघि युरोपको सबैभन्दा अग्लो माउन्ट एल्ब्रस चढिसकेका उनले भने, "सुरुमा मेरो अभियानलाई कसैले पत्याएनन् तर मैले आत्मविश्वासले प्रमाणित गरेँ।"
शारीरिक रूपमा अपाङ्गता भए पनि आत्मविश्वासले कठिन लडाइँ जित्न सकिने उदाहरण बन्न पाएकोमा आफूलाई गौरव लागेको उनले बताएका छन्।
गत अक्टोबर २ मा पाँच जना शेर्पासहित उनी ८,१६३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोमा पुगेका थिए।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।