स्टिभ जब्स: बहुमूल्य कम्पनी एपलका संस्थापकको किन धेरै चर्चा हुन्छ?

तस्बिर स्रोत, Getty Images
स्टिभ जब्स मौलिक विशेषताले चिनिन्थे।
उनमा चमत्कारिक र विशेष खालको स्वभाव सहितको नेतृत्व गुण थियो।
५६ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको १० वर्षपछि निकै चर्चा गरिने एपलका सहसंस्थापकका केही विशेषताहरूको यहाँ प्रस्तुत गरिएको छ।
हामीलाई चाहिएको कुरा हामीभन्दा पहिले थाहा पाउने व्यक्ति

तस्बिर स्रोत, Reuters
स्टिभ जब्स बजार अध्ययनको खासै सौखिन थिएनन्।
उनको चर्चित भनाइ छ, "तपाईँले ग्राहकलाई के चाहन्छन् भनेर सोध्नूस र उनीहरूलाई त्यही दिने प्रयास गर्नूस्।"
"तपाईँले त्यो बनाएर सक्ने बित्तिकै उनीहरूले नयाँ कुरा खोज्छन्।"
त्यसैले उनी आफैमा भर पर्दै उपलब्ध प्रविधिलाई सुधार्थे, नयाँ उत्पादन बनाउँथे र मानिसहरूले प्रयोग गर्न चाहेको जस्तो त्यसलाई स्वरूप दिन्थे।

तस्बिर स्रोत, Reuters
सन् २००१ मा आईपड आउनुअघि सङ्गीत प्लेअरहरूमा तुलनात्मक रूपमा कम चासो थियो।
उपलब्ध ती उत्पादन ठूला र प्रयोग गर्न जटिल हुने खालका थिए।
तर आईपड, आईफोन र आईप्याड निकै लोभलाग्दा उत्पादन बने र तत्कालै मानिसहरू तिनलाई रूचाउन थाले।
ती लोकप्रिय हुनुका कारण स्टिभ जब्सले पनि थिए जसले आफ्नो बजारीकरणको छवि देखाएर ती उत्पादनहरूको प्रयोग सबैले सजिलै बुझ्न सक्ने गरी व्याख्या गरे।
भिड रिझाउने कला
स्टिभ जब्सलाई भिडलाई कसरी रिझाउने भन्ने थाहा थियो।
उनले पुराना र कुनै कायापटल नगर्ने प्रविधिबारे पनि भिडमा व्यापक उत्सुकता सिर्जना गराउन सक्थे।
जब आईप्याड २ सार्वजनिक गरियो उनको प्रस्तुतिको जोड उक्त उपकरणको 'कभर'मा थियो। तर पनि त्यो सञ्चारमाध्यमको आँखामा निकै लोकप्रिय बन्यो।
उनको गरेका घोषणाको कुरा बुझ्न प्रबुद्ध पत्रकारहरूलाई समेत घण्टौँ लाग्थ्यो। त्यस्तो प्रवृत्ति 'रियालिटी डिस्टोर्सन फिल्ड' नामले चर्चित छ।
पहिरन

तस्बिर स्रोत, Getty Images
स्टिभ जब्सले लगभग एकै खाले लुगा लगाए: कालो लामबाउले सुइटर, निलो जिन्स र स्पोर्टस जुत्ता।
ती पहिरनले उनको सीमित रुचि वा व्यक्तिगत वा व्यावसायिक ब्रान्डिङको सहजपन पनि देखाउँथ्यो।
उनको पहिरन बारेको परिचित रुचिका बाबजुद उनले आफूलाई हुलियाबारे खासै मतलब नभएको बताउने गरेका थिए।
तर त्यो सधैँ सही होइन। सन् १९८० को दशकमा उनी नियमित चम्किलो इटालियन सुट र रङ्गिन बो टाईमा देखिन्थे।
विवरणमा ध्यान
एपलको गोपनीयता यति उच्च छ कि उसको आन्तरिक डिजाइन प्रक्रियाबारे निकै कम थाहा हुन्छ।
तर कहिलेकाहीँ कुराहरू चुहिहाल्थे र त्यसले उनको खास रुचिहरू देखाउँथ्यो।
गुगलका एक जना पूर्वकर्मचारीले आईफोनमा गुगलको नक्सा राख्ने विषयमा एपलसँग गरेको सहकार्यबारे बोलेका छन्।
जतिखेर उनलाई स्टिभ जब्सले व्यक्तिगत रूपमा फोन गरेका थिए र दोस्रो अक्षर 'ओ'मा पहेँलो रङ्गको सोचेजस्तो कडापन नभएकोमा असन्तुष्टि पोखेका थिए।
ब्रिटिश डिजाइनर जोनाथन इभ एपलका मुख्य उत्पादन आईम्याक, आईपड र आईफोनको समग्र आकृतिका लागि जिम्मेवार थिए।
तर त्यसको पेटेन्ट भने उनको र स्टिभ जब्स दुवैको नाममा दर्ता हुन्थ्यो।

तस्बिर स्रोत, Getty Images
जीवन दर्शन
स्टिभ जब्स नि:सन्देह रूपमा सन् १९६० र सन् १९७० को दशकको काउन्टर-कल्चर क्यालिफोर्नियाका उत्पादन हुन्।
त्यो दर्शनले आफ्नो कम्प्युटर इतिहासलाई मार्गनिर्देश गरेको उनी बताउँथे।
तन्नेरी उमेरमा उनी भारत यात्रा गरेर त्यहाँको एउटा आश्रममा बसे। पूर्वीय दर्शन उनको जीवनको पाटो रहिरह्यो र उनी अन्तिमसम्म बौद्धमार्गी रहे।
उनले सोही बेला एलएसडी नामको लागुऔषध प्रयोग गरेको स्वीकारेका छन्।
पैसा उनका लागि निकै कम महत्त्वको भएको देखिन्थ्यो।
उनले वाल स्ट्रीट जर्नल पत्रिकासँग भनेका थिए, "चिहानमा सबैभन्दा धनी मानिस हुनुले अर्थ राख्दैन... 'राति ओछ्यानमा जाँदा मैले केही गजब गरेँ' भन्नेले महत्त्व राख्छ।"
सङ्गीतका सौखिन

तस्बिर स्रोत, Getty Images
स्टिभ जब्सको साङ्गीतिक स्वाद उनका उत्पादन सार्वजनिक गर्ने समारोहहरूमा झल्किन्थ्यो।
नयाँ म्याक वा आईफोन सार्वजनिक हुँदा स्क्रिनमा त्यसका झलकहरू देख्न पाइन्थ्यो।
द बिटल्स र बब डेलन उनका दुई प्रिय कलाकार थिए।
आफूले निकै रुचाउने साङ्गीतिक व्यक्तित्वसँग उनको व्यक्तिगत सम्बन्धहरू पाइन्थ्यो।
उनी छोटो समयका लागि बब डेलनकी प्रेमिकाका प्रेमी थिए।

तस्बिर स्रोत, Getty Images
एउटा अर्को कुरा...
कहिलेकाहीँ तपाईँले सबैभन्दा उत्तम कुरा अन्तिमलाई साँच्नुपर्छ।
स्टिभ जब्सले आफ्ना उत्पादन सार्वजनिक गर्ने बेला निरन्तर त्यही गरे।
नयाँ उपकरण सार्वजनिक गरिसकेपछि जब अतिथिहरू निस्कने तरखरमा हुन्थे, उनले आफ्नो चर्चित शब्दावली दोहोर्याउँदै भन्थे 'एउटा अर्को कुरा..'।
उनले त्यसो भन्दा त्यहाँ सधैँ कसैलाई दुःख दिन लागेजस्तो मुस्कान हुन्थ्यो। जुन उनको प्रतिभावान् प्रस्तोताको रूपमा एउटा अंश हुन्थ्यो।
एउटा अर्को कुराभित्र फेसटाइम, द पावरबुक जीफोर र आईप्याड टचसम्मका कुराहरू छन्।
सन् २०१५ मा जब्सका उत्तराधिकारी टीम कुकले त्यसैलाई दोहोर्याएर एपल वाच सार्वजनिक गरेका थिए।
'वन मोर थिङ' शब्दावली समयक्रममा एपल र स्विस घडी निर्माता स्वाचबीच एउटा कानुनी लडाइँमा पुग्यो।
स्वाचले त्यसलाई आफ्नो बजारीकरणको नारा बनाउन खोजेको थियो।
सन् २०२१ को मार्चमा लन्डनका एक जना न्यायाधीशले स्वाचलाई त्यसो गर्नका लागि एपलले रोक्न नसक्ने फैसला सुनाएको थियो।








